ताजा

(कक्षा १०) २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

पनिकाका अनुसार साउन २३ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ ।

परीक्षा विहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ । त्यो बेला वर्षात्को समय भएकाले परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान समस्या हुनसक्ने भएकाले विहान परीक्षा सञ्चालन नगरिएको पनिकाले जनाएको छ ।

Share:

कक्षा ११ मा भर्ना खुल्याे !!!

SEE उत्तीर्ण सम्पूर्ण विधार्थी भाइ बहिनीहरुलाइ हार्दिक बधाइ ज्ञापन गर्दै श्री पञ्चकन्या माध्यमिक विद्यालय बेलकोटगढी-११, नुवाकोटमा कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौं ।



Share:

SEE नतिजा सम्वन्धमा

 श्री पन्चकन्या मा.बि. बेलकोटगढी -११ बाट SEE परीक्षा २०८० मा सहभागी ३६ जना सहभागी मध्ये सर्बोकृस्ट ३.६१ GPA सहित २० जना upgrated भएका छ्न १ बिषयमा NG ६ जना, २ विषयमा NG ४ जना र ६ जनाको २ भन्दा बढी बिसयमा NG आएको जानकारी गराउदछौ ।

यस नतिजाका लागि अहोरात्र खट्नुहुने विषय शिक्षकहरु प्यारा विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार।






Share:

अभिभावकहरुको लागि जानकारी

हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:

  • १) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने
  • २) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने
  • ३) स्कुल पोशाक सफा छ छैन हेर्ने 
  • ४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने
  • ५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने
  • ६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने
  • ७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने
  • ८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि  नराम्रो शब्द कहिल्यै नबोल्ने 
  • ९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने
  • १०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने
  • ११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने
  • १२) विदाको समयमा खेतबारीको काम सिकाउने
  • १३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।

Share:

विद्यालयको पुस्तकालय ब्यबस्थापन र पुस्तकहरु दर्ता कार्य सप्पन्न ।

अतिरिक्त कार्यक्रम अन्तर्गत मिति २०८१/०२/०४ गतेका दिन  विद्यालयको पुस्तकालय ब्यबस्थापन र पुस्तकहरु दर्ता कार्य सप्पन्न गरिएको छ ।






Share:

Categories

Our Facilities:

  1. Extra Curricular Activities (ECA).
  2. Safe and Pure drinking water.
  3. CCTV monitoring

Message from Principal:


Our Programmes:

ECD
Early Childhood Development Group
Grade One to Twelve (+2)
We are offering classed from grade one to class 12.

Support | Donation

You can support learning through donation or support to our school.
Click here to Donate